National life

गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा मागभन्दा १० गुणा बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० मंसिर २०८१, आइतबार
572Shares
गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा मागभन्दा १० गुणा बढी आवेदन
ncell

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले बिक्री खुला गरेको आइपीओमा २३ करोड ४१ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

आज बिहानसम्म ४२ हजार ९१५ जनाले २३ लाख ४१ हजार ५८० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि मात्र खुला गरिएको आइपिओमा परेको यो आवेदन मागभन्दा १०.४० गुणाले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?