National life

गृहमन्त्री लेखक सहित आईजीपी कुँवरमाथि छानबिन गर्न सांसदहरुको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ माघ २०८१, शुक्रबार
698Shares
गृहमन्त्री लेखक सहित आईजीपी कुँवरमाथि छानबिन गर्न सांसदहरुको माग
ncell

काठमाडौं । शुक्रवार प्रतिनिधिसभा बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।

सांसद ज्वालाले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा उनीहरूमाथि छानबिन हुनुपर्ने बताएका हुन् । बिहीबारको संसद् बैठकमा पनि यो विषयमाथि चर्को बहस भएको थियो । सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले एक स्वरमा यस घटनाबारे ध्यानाकर्षण गराएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसमाथि शुक्रवारको बैठकमा बोल्ने क्रममा सांसद ज्वालाले गृहमन्त्री र आईजीपीमाथि छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राखे । ‘सत्यन्द्र राम र नेहा रौनियारको विवाहलाई सर्वोच्चले वैधता दिएको छ ।

उक्त दम्पतीलाई मुम्बईबाट समेत पक्राउ गरेर ल्याएर यातना दिनका लागि अत्याचार गर्नका लागि निर्देशन दिने गृहमन्त्री, आईजीपी लगायतलाई छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछु,’ उनले भनेका छन् ।

साथै विभिन्न पार्टीका दलित सांसदले समेत उक्त घटनामा राज्यले ज्यादती गरेको भन्दै प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
698SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?