National life

ग्लोकल टिन हिरो नेपालको नवौं संस्करणको आवेदन खुल्ला

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ जेठ २०८०, बिहिबार
728Shares
ग्लोकल टिन हिरो नेपालको नवौं संस्करणको आवेदन खुल्ला
ncell

काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुलेको घोषणा गरिएको छ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ ।

ग्लोकल टिन हिरो ग्लोकल प्रालीको एक कार्यक्रम हो । जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म हो । जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ। नेपालबाट सन् २०१५ मा सुरु भई काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।

हालसम्म नेपालका आठ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ । अन्य दक्षिण एसियाली देशहरूमा आफ्नो क्षितिज विस्तार गर्ने परिकल्पनाका साथ, ग्लोकल टिन हिरोलाई भारतमा, श्रीलंकामा र त्यसपछि बंगलादेशमा क्रमशः २०१९, २०२० र २०२२ मा सुरु गरिएको थियो ।

ग्लोकल टिन हिरोे नेपालमा शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?