काठमाडौं।काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बृद्धि भएको छ ।
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकको खुद ब्याज आम्दानी ४९.९२% ले बढेर ४ अर्ब ८० करोड रुपैयाँ माथि पुगेको छ भने सञ्चालन नाफा ६.४२% ले बढेको छ । यता, असोज मसान्तसम्म ग्लोबल आइएमईको वितरणयोग्य नाफा ३ अर्ब ३२ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा भने २.१०% बाट बढेर ४.३८% भएको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रहेको छ भने रिजर्भ कोषमा २१ ऋर्ब १० करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २९ पैसाले घटेर १३ रुपैयाँ ७१ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३ पैसा छ ।

































