काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैयाँले घटेकाे हाे ।
छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४ सयमा कारोबार भइरहेको छ ।
आज तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएकाे छ ।


































