National life

घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने,प्रति कित्ता कति पर्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ जेठ २०८०, बुधबार
888Shares
घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने,प्रति कित्ता कति पर्छ ?
ncell

घोराही सिमेन्ट इन्डस्ट्रीले यही जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ।

यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिन पाइनेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

घोराही सिमेन्टको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा असार ४ गते र ढिलोमा असार १४ गते बैंकिङ समयपछि हुनेछ।

घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
888SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?