National life

चन्द्रमामा होटल बन्दै, एउटा कोठाको मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१६ माघ २०८२, शुक्रबार
1.7kShares
चन्द्रमामा होटल बन्दै, एउटा कोठाको मूल्य कति ?
ncell

काठमाडौँ। २१ वर्षीय अमेरिकी युवा उद्यमी स्काइलर च्यानले सुरु गरेको स्टार्टअप कम्पनी ‘जीआरयू स्पेस’ ले २०३२ सम्म चन्द्रमामा विश्वकै पहिलो होटल सञ्चालन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।

कम्पनीले यस लक्ष्यको तयारीको रूपमा, अन्तरिक्षमा बस्न चाहनेहरूको लागि होटलका कोठाहरूको अग्रिम बुकिङ खुलाइसकेको छ र भुक्तानीको प्रक्रिया सुरु भइसकेको छ।

हुन त, चन्द्रमामा होटलको कोठाको अन्तिम मूल्य अझै निर्धारण गरिएको छैन। संस्थापक स्काइलर च्यानको अनुमान अनुसार, एउटा कोठाको मूल्य १ करोड अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने सम्भावना छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अग्रिम भुक्तानीको लागि ग्राहकले सम्पूर्ण रकम तिर्नु अनिवार्य छैन।  छनोट गरेका सुविधाअनुसार २ लाख ५० हजारदेखि १० लाख अमेरिकी डलरसम्मको डिपोजिट लिएर बुकिङ स्वीकार भइरहेको छ।

यद्यपि अन्य कम्पनीहरूले पनि चन्द्रमामा होटल निर्माण गर्ने योजना घोषणा गरिसकेका छन्, जीआरयू स्पेसको दृष्टिकोण केही फरक छ। कम्पनीले निर्माण सामग्री र भारी उपकरण चन्द्रमामा पठाउने सट्टा रोबोटिक प्रविधिको प्रयोग गर्न योजना बनाएको छ। यी रोबोटहरूले चन्द्रमाको माटोबाट बलियो र टिकाउ ब्लक तयार पार्नेछन्, र तिनै ब्लक प्रयोग गरेर चन्द्रमाको कठोर वातावरण सामना गर्न सक्ने संरचना बनाइनेछ।

नियामक स्वीकृति पाएपछि, यो विश्वकै पहिलो चन्द्र होटलको निर्माण सन् २०२९ बाट सुरु हुने अपेक्षा गरिएको छ।

स्काइलर च्यानले भनेका छन्, “हामी यस्तो ऐतिहासिक क्षणमा बाँचिरहेका छौं, जहाँ हामी अन्तरग्रहीय प्रजातिको रूपमा जीवन यापन गर्न सक्छौं। सफल भयौँ भने चन्द्र र मंगल ग्रहमा अर्बौं मानिसहरू जन्मनेछन् र उनीहरूले सो ग्रहमा जीवनको अनुभव प्रत्यक्ष पाउनेछन्।”

सानै उमेरदेखि अन्तरिक्षप्रति उत्साही स्काइलर च्यान

स्काइलर च्यान किशोरावस्थादेखि अन्तरिक्ष र प्रविधिमा गहिरो चासो राख्ने युवा उद्यमी हुन्। उनी वायुसेना पाइलट तालिम लिइसकेका छन् र बर्कले विश्वविद्यालयबाट स्नातक हुनुअघि नै नासासँग सहकार्य गर्दै थ्रीडी प्रिन्टिङ प्रविधि अन्तरिक्षमा पठाउन योगदान पुर्‍याएका थिए।

गत वर्ष उनी अमेरिकाको सिलिकन भ्यालीमा रहेको चर्चित ‘वाई कम्बिनेटर’ स्टार्टअप कार्यक्रम मार्फत अन्तरिक्ष स्टार्टअप सञ्चालन गर्ने सबैभन्दा कान्छो व्यक्ति बनेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?