National life

चन्द्रागिरी हिल्सले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, बोनस प्रस्ताव पारित गर्न कहिले बोलायो एजीएम ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
1.2kShares
चन्द्रागिरी हिल्सले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, बोनस प्रस्ताव पारित गर्न कहिले बोलायो एजीएम ?
ncell

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले पुस २३ गते, बुधबार, चन्द्रागिरी हिल्स लिमिटेड, बटम स्टेशन परिसर, थानकोट काठमाडौँमा साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेबाट शुरु हुनेछ।

सभाले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसका साथै सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुकक्लोज गर्ने भएको छ । तसर्थ, पुस १० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/12/chandragiri.pdf"]

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?