काठमाडौँ । पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज भएको छ। भारतको उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई पतञ्जलिकाको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो ।
अप्रिल १५ मा आदेश जारी गर्दै रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध पनि लागू औषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ। सर्वोच्च अदालतमा उत्तराखण्ड सरकारले दिएको शपथ पत्रमा यस्तो जवाफ दिएको हो ।
यस मामिलामा रामदेव र बालकृष्ण दुवैले अदालतमा बिनाशर्त माफी मागेका छन्। लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वसरी गोल्ड, मुक्तवती एक्स्ट्रा पावर, लिपिडम, बीपी ग्रिट,स्वसरी वाटी, ब्रोन्कोम, स्वासरी प्रवाही, स्वसरी अवलेह, मधुग्रित, मधुनाशिनी वती एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट, आइग्रिट गोल्ड र पतञ्जलि आइड्रप छन् ।
कोभिड खोप अभियान र औषधिको आधुनिक प्रणालीको मानहानिको आरोप लगाउँदै भारतीय चिकित्सा संघ (आईएमए) ले २०२२ मा पतञ्जलिविरुद्ध दिएको याचिकामा सर्वोच्च अदालतले सुनुवाइ गर्दै छ । गत हप्ता सुनुवाइका क्रममा न्यायाधीश हिमा कोहली र न्यायाधीश अहसानुद्दिन अमानुल्लाहको इजलासले अदालतको अवहेलनाको अभियोगमा पतञ्जलिसँग जवाफ मागेको थियो ।


































