काठमाडौं । चार जना राष्ट्रिय योजना आयोगका सदस्यहरुले राजीनामा पत्र बुझाएका छन् ।
सरकारको गठबन्धनमा आएको फेरबदलका कारण उनीहरुले राजीनामा दिएको बुझिएको छ। त्यसरी राजीनामा दिनेमा डा. प्रभु बुढाथोकी, डा.
आरपी बिच्छा, डा.अनिता शाह ढुंगाना र डा. जयकान्त राउत रहेका छन् ।
हालको सरकार गठबन्धनबाट बाहिरीएको कांग्रेस तथा जनमत पार्टीको निकट रहेका उनीहरुलाई अहिले बाहिरीनु बाध्यता बनेको हो। आगामी दिनमा कस्लाई समेटदा उचित हुन्छ भन्ने विषयमा पनि अहिले छलफल चल्न सुरु गरेको अवस्था छ ।


































