National life

चालु आर्थिक वर्षको दश महिनामा १० खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
653Shares

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा १० खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएका छन् । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई रु.१००५ अर्ब १८ करोड पुगेको हो ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५१.४ प्रतिशतले वृद्धि भई ४,२१,२७९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २,३८,९७६ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १८५.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई रु. १११० अर्ब २२ करोड पुगेको छ ।

Royal Enfield
अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?