National life

मुद्दा हेर्दा हेर्दैमा, रविलाई हिरासत पठायो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ माघ २०८१, बुधबार
1.1kShares
मुद्दा हेर्दा हेर्दैमा, रविलाई हिरासत पठायो
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बहस बुधवारका लागि सकिएको छ । सहकारी ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध दायर भएको मुद्दामा आजदेखि बहस सुरु भएको हो।

बुधवार चितवन जिल्ला अदालतमा जाहेरवालाको तर्फबाट १ जना र सरकारी वकिलतर्फबाट ३ जना गरेर ४ जनाले बहस गरेका छन् ।

सरकारी वकिलका तर्फबाट जिल्ला महान्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन् भने जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् ।

Royal Enfield
nic asia capital

सहारा बचत सहकारीको थुनछेक बहस नसकिएपछि जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको हो । बिहीबार  सरकारी वकिल ३ जना थपिने र रवि लामिछानेको तर्फबाट १० जनाले बहस गर्ने विश्वकर्माको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?