National life

चुनावमा उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने, आवश्यक व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१३ माघ २०८२, मङ्गलबार
1.3kShares
चुनावमा उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने, आवश्यक व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन
ncell

काठमाडौं – नेपाल राष्ट्र बैंकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी राजनीतिक दल तथा उम्मेदवारहरूलाई छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै एउटा मात्रै बैंक खाता खोल्न भनेको हो।

केन्द्रीय बैंकले निर्वाचन आयोगको अनुरोधबमोजिम निर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने बताएको छ। राष्ट्र बैंकले आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा आमनिर्वाचन अभियान समूह वा यस्तै मिल्दो अन्य कुनै नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने उल्लेख गरेको छ । प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार एवम् स्वतन्त्र उम्मेदवारहरूलाई छुट्टै एउटा मात्र बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, यसरी खोलिने बैंक खाताको हकमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूलाई जारी एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. २१ को बुँदा नं. ४५ मा रहेको छुट प्रदान गरेको बताएको छ । केन्द्रीय बैंकले भनेको छ, ‘बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न पाइने छैन भन्ने व्यवस्थामा निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गरिएको ब्यहोरासमेत अनुरोध छ ।’

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?