National life

चुनाव प्रचारमा संलग्न स्थानीय तहका जनप्रतिनिधिमाथि कारबाही गर्ने आयोगको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|११ फागुन २०८२, सोमबार
1.1kShares
चुनाव प्रचारमा संलग्न स्थानीय तहका जनप्रतिनिधिमाथि कारबाही गर्ने आयोगको चेतावनी
ncell

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आग्रह गर्दै आचारसंहिताको कडाइका साथ पालना गर्न पुनः सचेत गराएको छ। आयोगले निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाको भूमिकालाई जिम्मेवार र संयमित हुन आवश्यक रहेको जनाएको छ।

आयोगद्वारा जारी वक्तव्यमा ‘निर्वाचन आचारसंहिता, २०८२’ लागू भइसकेको स्मरण गराउँदै यसको पूर्ण पालना गर्नु राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि तथा सम्बन्धित सबै पक्षको दायित्व भएको उल्लेख गरिएको छ। आचारसंहिता कार्यान्वयनको अवस्था आयोगले निरन्तर अनुगमन गरिरहेको पनि जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोगका अनुसार स्थानीय तहका केही जनप्रतिनिधि आचारसंहिता विपरीत दल वा उम्मेदवारको प्रचारप्रसारमा सक्रिय रहेको भन्दै उजुरी तथा गुनासा प्राप्त भएका छन्। यस विषयमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नियमविपरीत गतिविधि दोहोरिए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने संकेत गरेको छ।

आचारसंहितामा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहभित्र कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने स्पष्ट व्यवस्था छ। तर, आफू कार्यरत स्थानीय तह बाहेक अन्य स्थानमा सम्बन्धित दलको प्रचारप्रसारमा सहभागी हुन सकिने भए पनि सरकारी स्रोत, साधन, पद वा प्रभावको प्रयोग भने कदापि गर्न नपाइने प्रावधान रहेको आयोगले स्पष्ट पारेको छ।

आयोगले जनप्रतिनिधिलाई आफ्नो पदको मर्यादा, सार्वजनिक विश्वास र कानुनी दायित्वलाई मध्यनजर गर्दै आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै, निर्वाचन प्रक्रियामा निष्पक्षता कायम राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई समेत संयमित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न अपिल गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?