काठमाडौँ । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले बनाएको उच्चस्तरीय समिति अस्वीकार गरेका छन्।
सरकारले सोमबार पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो । तर संयोजक वैरागीमाथि नै प्रश्न उठाउँदै रास्वपा र राप्रपाले समिति अस्वीकार गरेको हुन्।
विपक्षी दलहरूले जोमाथि छानबिन हुनुपर्ने उनीहरूलाई समितिमा राखिएको भन्दै उनीहरूले समिति अस्वीकार गरेका हुन्।
मंगलबारको प्रतिनिधिसभामा रास्वपाका स्वर्णिम वाग्ले र राप्रपाका ज्ञानेन्द्र शाहीले समिति स्वीकार्य नभएको बताए।
यसअघि यही विषयमा गृहमन्त्री रमेश लेखकले बोल्दा भने संसदमा रास्वपा र राप्रपा सांसदहरू शान्त देखिएका थिए। बैठक सुरु हुनसाथ उठेर अवरोध जनाएको भए पनि सभामुखले गृहमन्त्रीलाई बोल्न दिएपछि आशणग्रहण गरेका थिए।

































