National life

Chery Q नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१६ असोज २०८३, शुक्रबार
424Shares
Chery Q नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
ncell

काठमाडौं । नेपालमा Chery ब्रान्डका सवारीसाधनको आधिकारिक विक्रेता Pioneer Moto Corp द्वारा आयातित बहुप्रतीक्षित तथा लोकप्रिय मोडल Chery Q नेपाल–चीन सीमा नाकासम्म आइपुगेको र अब नेपाल भित्रिन तयारी अवस्थामा रहेको कम्पनीले पुष्टि गरेको छ।

Chery Q का गाडीहरू सीमा नाकामै रहेका छन् र नाका खुल्नेबित्तिकै नेपालतर्फ भित्रिनेछन्। आधुनिक डिजाइन, इन्टेलिजेन्ट प्रविधि र दैनिक प्रयोगको सहजतालाई संयोजन गर्ने SUV का रूपमा परिचित Chery Q नेपाली बजारमा ग्राहकहरूको प्रतीक्षाको विषय बनेको छ। यससँगै, Chery Q को बुकिङ गरेका ग्राहकहरूले अब धेरै समय प्रतीक्षा गर्नुपर्ने छैन। सीमा नाका खुलेपछि छिट्टै डेलिभरी प्रदान गरिने कम्पनीले जनाएको छ।

Royal Enfield
nic asia capital

सेग्मेन्टमै उत्कृष्ट ४९.२ kWh ब्याट्री, ४०० किलोमिटर रेन्ज, ५४०-डिग्री क्यामेरा, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७० लिटरको फ्रङ्क स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र २० भन्दा बढी ADAS सुविधाहरू सहितको यो नयाँ अर्बन क्रसओभरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।

आधुनिक सहरी जीवनशैलीका लागि डिजाइन गरिएको Chery Q ले स्टाइलसँगै इन्टेलिजेन्ट प्रविधि पनि प्रदान गर्छ। यसको डिजाइन र प्रविधिले अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाएको छ। Chery Q ले प्रतिष्ठित Red Dot Design Award 2025 तथा iF Design Award 2026 समेत जितिसकेको छ।

नेपाल प्रवेशसँगै Chery Q ले आधुनिक डिजाइन, स्मार्ट टेक्नोलोजी, सुरक्षा र व्यावहारिकतालाई संयोजन गर्ने नयाँ विकल्पका रूपमा नेपाली बजारमा आफ्नो उपस्थिति जनाउने अपेक्षा गरिएको छ । सीमानाका खुल्ने बित्तिकै गाडीहरू नेपाल भित्र्याइने र त्यसपछि यसको उपलब्धता तथा बिक्री सम्बन्धी थप जानकारी सार्वजनिक गरिने छ ।

यो समाचार शेयर गर्नुहोस्
424SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?