National life

छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०८ माघ २०८२, बिहिबार
1.1kShares
छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
ncell

झापा । चालु आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट नौ अर्ब ७७ करोड रुपैयाँ भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१–८२ को यही अवधिको तुलनामा ५१ करोड ५९ लाख ४३ हजार रुपैयाँ अर्थात् पाँच दशमलव ६ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पाँच दशमलव ७० प्रतिशत अर्थात् २५ करोड ४२ लाख ४० हजार रुपैयाँले बढेको उनले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । चार अर्ब ७२ करोड छ लाख रुपैयाँ मूल्य पर्ने ५३ हजार १ सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।

यसैगरी तीन अर्ब २२ करोड ६५ लाख रुपैयाँ मूल्य पर्ने ३३ हजार ७ सय ४४ किलोलिटर डिजेल आयात भएको छ । यस्तै, छ महिनाको अवधिमा एक अर्ब २४ करोड सात लाख रुपैयाँ मूल्य पर्ने १२ हजार ८ सय ११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख रुपैयाँ मूल्य पर्ने चार हजार १ सय १२ किलोलिटर एटिएफ र नौ करोड पाँच लाख रुपैयाँ मूल्य पर्ने ९ सय ६४ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्याङ्क छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?