National life

जनजीवनसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य र शिक्षामा लगानी बढाउन काँग्रेसको सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
1.3kShares
जनजीवनसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य र शिक्षामा लगानी बढाउन काँग्रेसको सुझाव
ncell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ। संसदीय दलको बैठकपछि बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले पार्टीको धारणा सार्वजनिक गरेकी हुन्।

थापाले विगतमा बजेट अधिकतर भौतिक पूर्वाधारमा केन्द्रित भएको उल्लेख गर्दै यसपटक जनजीवनसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य र शिक्षामा लगानी बढाउनुपर्ने काँग्रेसको सुझाव रहेको बताइन्।

उनका अनुसार सरकार परिवर्तनसँगै बजेट कार्यान्वयन सन्तोषजनक हुन नसकेको भन्दै यसपटकको बजेटलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संसदीय दलको बैठकमा आगामी रणनीति, संसद्मा पार्टीको भूमिका तथा समसामयिक राजनीतिक विषयमा पनि विस्तृत छलफल भएको उनले जानकारी दिइन्।

थापाले सरकारमाथि प्रतिपक्षको आवाजलाई बेवास्ता गरेको आरोप पनि लगाइन्। उनले प्रधानमन्त्रीले जनप्रतिनिधिहरूले उठाएका प्रश्नहरूको जवाफ नदिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

उनका अनुसार संसद्मा दुई तिहाइ बहुमत भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको र प्रतिपक्षका सुझावलाई समेट्ने अभ्यास कमजोर हुँदै गएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?