National life

जनताका समस्याका आधारमा आगामी नीति 'गभर्नर पौडेल' 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
575Shares
जनताका समस्याका आधारमा आगामी नीति 'गभर्नर पौडेल' 
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरू आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने धारणा राखेका छन् ।

नेपाल राष्ट्र बैंक धनगढी शाखाले आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न सङ्घ संस्था, कृषि कर्जा लिएका ऋणी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उनले कोभिडलगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने बताए ।

गभर्नर पौडेलले आफू गभर्नर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसअन्तर्गत मध्यपहाडी लोक मार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी आइपुगेको उनले अवगत गराए।

उनले भने, “सरोकारवालाका गुनासाका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु ।” गभर्नर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या समाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बिचको सम्बन्ध सुधारमा जोड दिए।

यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?