National life

जालपादेवी केबलकार अन्तिम चरणमा, कहिलेदेखि हुन्छ सञ्चालन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३० वैशाख २०८३, बुधबार
1.5kShares
जालपादेवी केबलकार अन्तिम चरणमा, कहिलेदेखि हुन्छ सञ्चालन ?
ncell

काठमाडौँ । कैलालीको चिसापानी क्षेत्रमा निर्माण भइरहेको जालपादेवी केबलकार आयोजना अहिले सम्पन्नताको नजिक पुगेको छ। निर्माणको अन्तिम चरणमा पुगेको यो परियोजना चाँडै सञ्चालनमा ल्याउने तयारीका साथ तीव्र गतिमा काम भइरहेको आइएमई समूहले जनाएको छ।

परियोजनाबारे जानकारी दिँदै जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले ठूला पूर्वाधार निर्माणमा दक्षता देखाउँदै समयमै काम सम्पन्न गर्ने क्षमता प्रमाणित गर्दै आएको बताए। उनले करिब ११ महिनाअघि सुरु गरिएको परियोजना हाल परीक्षण तथा अन्तिम संरचनात्मक तयारीको चरणमा रहेको उल्लेख गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield


यो केबलकार कैलालीको लम्कीचुहाँ नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म करिब ३.१ किलोमिटर लम्बाइमा निर्माण भइरहेको छ। करिब पाँच अर्ब रुपैयाँको लागतमा विकास भइरहेको यस परियोजनालाई यातायात सुविधा मात्र नभई समग्र पर्यटन विकासको आधारका रूपमा विस्तार गर्ने योजना बनाइएको छ।


डिजाइनअनुसार तल्लो स्टेशनमा होटल, क्यासिनो र ब्याङ्क्वेट हलजस्ता सुविधा रहनेछन् भने माथिल्लो स्टेशनमा रिसोर्ट, धार्मिक स्थल, स्काई वाक, पदमार्ग, रेष्टुरेन्ट तथा बालमैत्री पार्क जस्ता संरचना निर्माण गरिनेछ।


ढकालले नेपालको आर्थिक रूपान्तरणका लागि पर्यटन पूर्वाधारको विस्तार अपरिहार्य रहेको उल्लेख गर्दै यस क्षेत्रले रोजगारी सिर्जना, विदेशी मुद्रा आम्दानी, आन्तरिक आय वृद्धि र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान दिने बताए।


परियोजनालाई पर्यटन सर्किट विकाससँग जोडेर अघि बढाइएको बताउँदै उनले स्थानीय समुदाय, जनप्रतिनिधि तथा सरकारी निकायको सहयोग परियोजनाको सफलताको मुख्य आधार रहेको बताए।


भौगोलिक हिसाबले महत्वपूर्ण चिसापानी क्षेत्र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने केन्द्रका रूपमा विकास हुँदै गएको छ। कर्णाली चिसापानी पुल नजिक रहेको यो स्थान भारतीय सीमाबाट पनि नजिक पर्ने भएकाले भारतीय पर्यटकलाई आकर्षित गर्ने सम्भावना उच्च रहेको कम्पनीको विश्वास छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?