काठमाडौँ। १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा २१ अर्ब १२ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको भन्दा २६ दशमलव ७५ प्रतिशतले बढी हो। गत आवमा कम्पनीहरुले १६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रथम बीमा शुल्क वृद्धिको आधारमा सन नेपाल लाइफ इन्सारेन्स अग्रस्थानमा देखिएको छ ।
त्यस्तै प्रथम बीमा शुल्क संकलन वृद्धिको आधारमा प्रभू महालक्ष्मी इन्सोरेन्स दोस्रो स्थानमा रहेको छ। यस अवधिमा कम्पनीले ५०.४७ प्रतिशत बढाएको हो। त्यस्तै, सोही अवधिमा क्रमशःनेपाल लाइफ इन्सोरेन्सको ३७।७९ प्रतिशत र सूर्यज्योति लाइफ इन्सोरेन्सले ३०।०३ प्रतिशतले प्रथम बीमा शुल्क बढाएका छन् ।
तालिकामा हेर्नुहोस्


































