National life

जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४.२५ प्रतिशतले वृद्धि,आइएमई लाइफ अग्रस्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
961Shares
जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४.२५ प्रतिशतले वृद्धि,आइएमई लाइफ अग्रस्थानमा
ncell

काठमाडौं । जीवन बीमा कम्पनीहरुको जेठ मसान्तसम्मको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा ४ दशमलव २५ प्रतिशतले बढेको छ ।

गत आर्थिक बर्षमा कुल बीमाशुल्क १ खर्ब १८ करोड रुपैयाँ आर्जन गरेको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा १ खर्ब २४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको जेठ मसान्तसम्मको तथ्यांक अनुसार यस त्रैमासम्ममा कुल बीमाशुल्क वृद्धिदरको आधारमा आइएमई लाइफ इन्सुरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २० प्रतिशतले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा ३ अर्ब ५३ करोड ३० लाख २० हजार बीमा शुल्क आर्जन गरेको छ। जुन गत आर्थिक बर्षको तुलनामा २०.०२ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षमा कम्पनीले २ अर्ब ८५ करोड ४२ लाख २४ हजार कुल बीमा शुल्क आर्जन गरेको थियो।

त्यस्तै कुल बीमा शुल्क वृद्धिदरको आधारमा आइएमई लाइफ इन्सुरेन्सलाई एलआईसी नेपाल, सिटिजन र नेपाल लाइफले पछाउदै गएका छन् ।

एलआईसी नेपालको गत आर्थिक बर्षको तुलनामा वृद्धिदरमा दोस्रो स्थान रहेको छ। कम्पनीको बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा १४. ५१ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै तेस्रो स्थानमा सिटिजन लाइफ रहेको छ । कम्पनीको बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा १२. ९१ प्रतिशतले वृद्धि भएको छ।

चौथौ स्थानमा नेपाल लाइफ रहेको छ। कम्पनीको व्यवसाय वृद्धिदर गत आर्थिक बर्षको तुलनामा ११ प्रतिशतले बढेको छ।

त्यस्तै, गत आर्थिक बर्षको तुलनामा चार कम्पनीको बीमा व्यवसाय घटेको छ।

कुल बीमा शुल्क वृद्धिदरको आधारमा हेर्दा गत अर्थिक बर्षको तुलनामा सानिमा रिलायन्स लाइफ,सन नेपाल,रिलायबल नेपाल लाइफ र मिट लाइफको बीमाशुल्क आर्जन घटेको छ।

जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्ष र यस वर्षको बीमाशुल्क आर्जन (रु हजारमा)

यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ४९ करोड ५१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। जुन गत वर्ष भन्दा ३ प्रतिशतले मात्र बढी हो।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स ले १३ अर्ब ७ करोड २७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। जुन गत वर्ष भन्दा ६.५१ प्रतिशतले बढी हो। नेपाल लाइफ इन्सुरेन्सले यस अवधिमा ३० अर्ब ६७ करोड ९० लाख कुल बीमा शुल्क आर्जन गरेको छ। जुन गत वर्ष भन्दा ११ प्रतिशतले बढी हो।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ०.८३ प्रतिशत ,सूर्य ज्योति लाइफको ०.४७ प्रतिशत ,महालक्ष्मी लाइफको १.९६ प्रतिशत, प्रभु लाइफको ७.२९ प्रतिशत,प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै ,एसियन लाइफ को ४.८२ प्रतिशत ,सानिमा रिलायन्स लाइफ को १.६९ प्रतिशत,सन् नेपाल लाइफको घ.२२ प्रतिशत ,मित लाइफको ०. ६ प्रतिशतले कुल शुल्क आर्जन घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
961SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?