National life

जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन ३४ अर्ब बढी , कुन कम्पनीको कति ? सूचिसहित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असार २०८२, आइतबार
931Shares
जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन ३४ अर्ब बढी , कुन कम्पनीको कति ? सूचिसहित
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले ३४ अर्ब नौ करोड ८५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन्।

बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरूले उक्त प्रथम बीमा शुल्क आर्जन गरेका हुन्। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमकको नयाँ व्यवसाय २३.६९ प्रतिशतले वृद्धि भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवको सोही अवधिमा  जीवन बीमा कम्पनीहरूले २७ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

चालु आर्थिक वर्षको ११ महिनामा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नयाँ व्यवसाय भित्र्याएको छ । कम्पनीको नयाँ व्यवसाय ३१.५९ प्रतिशतले बढेर आठ अर्ब २२ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको नयाँ व्यवसाय १८.१२ प्रतिशतले बढेर चार अर्ब ९१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। साथै, तेस्रो स्थानमा रहेको सूर्य ज्योति लाइफको नयाँ व्यवसाय २९.३६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले ११ महिनामा दुई अर्ब ६० करोड ३४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

समीक्षा अवधिमा एलआइसी नेपालको नयाँ व्यवसाय १६.४६ प्रतिशतले वृद्धि भएर दुई अर्ब ४१ करोड ६ लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सको १३.३२ प्रतिशतले वृद्धि भएर दुई अर्ब ३१ करोड ४३ लाख रुपैयाँ रहेको छ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन सर्वाधिक प्रतिशतले वृद्धि भएको छ। कम्पनीको नयाँ व्यवसाय १२०.१७ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र प्रभु महालक्ष्मी लाइफको नयाँ व्यवसाय उल्लेख्य मात्रामा वृद्धि भएको छ।

यो समाचार शेयर गर्नुहोस्
931SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?