काठमाडौँ। चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमा कम्पनीहरूले साढे १ खर्बमाथिको कुल बीमा व्यवसाय गरेका छन् ।
हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले जेठ मसान्तसम्ममा १ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
यस अवधिमा नेपाल लाइफले ४१ अर्बको कुल बीमा व्यवसाय गर्दै अग्रस्थानमा रहेको छ । भने व्यवसायको आधारमा दोस्रोमा रहेको नेशनल लाइफले १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ कुल बीमा व्यवसाय गरेको छ ।
साथै, तेस्रो स्थानमा रहेको एलआइसी नेपालले जेठ मसान्तसम्मको अवधिमा १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यता,हिमालयन लाइफले १५ अर्ब २२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
प्राधिकरणको तथ्यांक अनुसार ११ महिनाको अवधिमा सूर्य ज्योति लाइफले ९ अर्ब ४५ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब, एशियन लाइफले ७ अर्ब ८६ करोड रुपैयाँ, सिटिजन लाइफले ६ अर्ब ३२ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड रुपैयाँ, मेट लाइफले ५ अर्ब ५४ करोड ५रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
साथै बाकी रहेका, आइएमई लाइफले ४ अर्ब ७२ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ , प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
| S.N. | All Life Insurance Total Premium Collection | (Rs. In Lakh) | |
| Company Name | Jestha 2082 | ||
| 1 | Nepal Life Insurance | 410244.23 | |
| 2 | National Life Insurance | 189046.74 | |
| 3 | Life Insurance Corporation | 172416.56 | |
| 4 | Himalayan Life | 152220.15 | |
| 5 | Surya Jyoti Life Insurance | 94581.11 | |
| 6 | Rastriya Jeevan Beema Company | 90064.02 | |
| 7 | Asian Life Insurance | 78612.27 | |
| 8 | Citizen Life Insurance | 63274.58 | |
| 9 | Sanima Reliance Life Insurance | 59029.78 | |
| 10 | Met Life Insurance | 55451.68 | |
| 11 | IME Life Insurance | 47219.82 | |
| 12 | Reliable Nepal Life Insurance | 45576.09 | |
| 13 | Prabhu Mahalaxmi Life Insurance | 45466.53 | |
| 14 | Sun Nepal Life Insurance | 37389.26 | |
| Total | 1,540,592.82 |

































