काठमाडौँ। जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा उल्लेख्य रूपमा आफ्नो व्यवसाय विस्तार गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरूले फागुन मसान्तसम्म कुल १ खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १४.७३ प्रतिशत (करिब १६ अर्ब रुपैयाँ) बढी हो।
उक्त अवधिमा सबैभन्दा बढी प्रिमियम संकलन गर्दै नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।
दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ, जसले १५ अर्ब २१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ। त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) तेस्रो स्थानमा रहँदै १३ अर्ब ४६ करोड ३ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ।
त्यसपछि क्रमशः हिमालयन लाइफ (११ अर्ब ७१ करोड ६२ लाख), राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७४ करोड ३० लाख, सूर्यज्योति लाइफले ७ अर्ब ४३ करोड ८७ लाख, एशियन लाइफले ६ अर्ब ३८ करोड ४८ लाख, सिटिजन लाइफले ५ अर्ब ३२ करोड ५८ लाख रुपैया प्रिमियम संकलन गरेका छन् ।
त्यस्तै, उक्त आठ महिनाको अवधिमा सानिमा रिलायन्स लाइफले ४ अर्ब ७६ करोड २८ लाख, आइएमई लाइफले ४ अर्ब २८ करोड ५५ लाख, मेट लाइफले ४ अर्ब २५ करोड १६ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब ९० करोड ९१ लाख, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६६ करोड ७७ लाख र सन नेपाल लाइफले २ अर्ब ८० करोड २० लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
यद्यपि, व्यवसाय वृद्धि दरका आधारमा भने राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले गत आवको तुलनामा ९५.१९ प्रतिशतको उच्च वृद्धि हासिल गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ।


































