National life

जीवन बीमा कम्पनीको व्यापारमा धक्का, ११ महिनामा सरेण्डर गर्नेको संख्यामा ११ प्रतिशतले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असार २०८२, सोमबार
690Shares
जीवन बीमा कम्पनीको व्यापारमा धक्का, ११ महिनामा सरेण्डर गर्नेको संख्यामा ११ प्रतिशतले वृद्धि
ncell

काठमाडौँ । सामान्यतया बीमा पोलिसी खरिद गरी निर्धारित समय पूरा नभई पोलिसी त्याग्नुलाई बीमा ‘सरेण्डर’ भनेर बुझिन्छ । बीमा गर्ने बीमितले बीमा पोलिसी किनेपछि समय–समयमा बीमाको नीतिअनुसार प्रिमियम बुझाउनुपर्ने हुन्छ । त्यही बीमित शुल्क तिर्न छोड्नु र बीमा गरेको रकम फिर्ता लिनु बीमा सरेण्डर हो । ‘

विभिन्न कारण बीमा सरेण्डर गर्नेको संख्यामा पछिल्लो समय बढ्दै गइरहेको देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब ११ प्रतिशतले सरेण्डर गर्नेको संख्यामा वृद्धि भएको छ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा १०.९७ प्रतिशतले पोलिसी सरेण्डर गर्नेको संख्या बढेको तथ्यांमा उल्लेख छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा १३ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएका छ । गत आर्थिक वर्षको सोही अवधिमा भने जीवन बीमा कम्पनीहरूबाट १२ अर्ब २० करोड ३३ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको थियो ।

बीमा सरेण्डर बढ्नुको कारण अब अभिकर्ताहरूको आर्थिक अवस्था मात्रै नभएर केही नयाँ कारणहरूको समेत जन्म भएको बीमा विश्लेषक रवीन्द्र घिमिरेले बताएका छन् । पहिले पहिले पोलिसी सरेण्डर हुनुको कारण नबुझी बीमा पोलिसी खरिद गर्नु, पैसाको आवश्यकता बढ्न जाँदा समयमा प्रिमियम तिर्न कठिनाइ हुनु र स्वयम ग्राहकमा परेको आर्थिक मन्दीको कारण बीमा सरेण्डर हुने गरेको देखिए पनि पछिल्लो समय भने ग्राहकसँग पर्याप्त पैसा भएको कारण अब बीमा किन गरिरहनुपर्‍यो भन्ने मानसिकताका कारण पनि सरेण्डर बढ्ने गरेको घिमिरेको भनाई छ ।

आर्थिक अभाव, बीमाको पर्याप्त ज्ञान नहुनु वा बीमाको भार थेग्न नसकेको कारण समयमा प्रिमियम तिर्न नसक्नु जस्ता पुरानो कारण त छदैछ नै त्यसबाहेक पछिल्लो समय आर्थिक मन्दी भएर हैन कि पर्याप्त पैसा भएको कारण अब किन बीमा गर्ने भन्नेको संख्या बढिरहेको छ, त्यस्तै विदेश जानेहरूले समेत बीमा त्यागेर जाने गरेको देखियो । मान्छेले हाल लगानी गरेको क्षेत्रमा भन्दा अन्य क्षेत्रमा थप नाफाको सम्भावना देख्यो भने त्यो क्षेत्र नै त्यागेर जहाँ वृद्धि हुन्छ त्यहाँ लगानी गर्न आकर्षित हुन्छ यसको प्रभाव पोलिसी सरेण्डरमा देखिन गएको छ ।' घिमिरेले भने,

प्राधिकरणको तथ्याकं अनुसार ११ महिनाको अवधिसम्म बीमा कम्पनीहरूबाट ९८ हजार ४१ वटा पोलिसी सरेण्डर भएका छन् । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा १.९७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा १ लाख १२ वटा पोलिसी त्याग भएको थियो ।

अहिले सहकारी क्षेत्रमा देखिएको समस्याको कारण बीमितलाई समेत समस्या पर्न गएको विज्ञहरूको भनाई छ । किनकि धेरैजसो बीमितले सहकारीमा पैसा राखेर त्यसको ब्याजले पनि बीमा शुल्क तिर्ने गरेको उनीहरूको भनाई छ। यस्तै अहिले व्यापार व्यवसाय समेत सुस्त भएकोले अहिले बीमितको बीमा शुल्क तिर्ने बाटो नै बन्द हुँदा बीमितहरूले पोलिसी सरेन्डरको बाटो अपनाउनु परेको छ जानकारहरूको धारणा छ ।

धेरैजसोले बीमा गर्दा आफ्नो अन्य आवश्यकता पूरा भएपछि मात्र गर्ने गर्दछन्। अहिले आम्दानीको स्रोत नै ठप्प हुँदा धेरैलाई आधारभूत आवश्यकता परिपूर्ति गर्नै गार्‍हो भएको छ । पैसा अभावका कारण अहिले पनि धेरै बीमितहरू पोलिसी सरेन्डरको बाटो रोज्ने गरेको बीमा विज्ञ घिमिरेको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?