National life

जीवन बीमा कम्पनीको ६३ अर्ब नवीकरण बीमाशुल्क आर्जन, सिटिजन र सानिमा बिच टक्कर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ माघ २०८१, बुधबार
1KShares
जीवन बीमा कम्पनीको ६३ अर्ब नवीकरण बीमाशुल्क आर्जन, सिटिजन र सानिमा बिच टक्कर
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१।०८२ को पुस मसान्तसम्ममा  जीवन बीमा कम्पनीहरूले ६३ अर्ब रुपैयाँ भन्दामाथि नवीकरण बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार १४ जीवन बीमा कम्पनीले दोस्रो त्रैमाससम्ममा ६३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेको हुन् । यो गत आर्थिक वर्षको सोही अवधिमा उक्त नवीकरण बीमा शुल्क आर्जन ४.९० प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आर्थिक वर्षको मंसिर मसान्तको अवधिमा जीवन बीमा कम्पनीहरूले ६० अर्ब ४० करोड ३८ लाख रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका थिए। यस अवधिमा सर्वाधिक नवीकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । कम्पनीको नवीकरण बीमा शुल्क ८.८५ प्रतिशतले बढेर १८ अर्ब ३६ करोड ५६ रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नवीकरण बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि गर्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको नवीकरण बीमा शुल्क आर्जन २८.३३ प्रतिशतले बढेर १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा भने कम्पनीको नवीकरण बीमा शुल्क मार्फत १ अर्ब २८ करोड रुपैयाँ मात्र संकलन गरेको थियो ।

त्यस्तै, एलआईसी नेपाल लाइफको नवीकरण बीमा शुल्क आर्जन ७.२६ प्रतिशतले बढेर ८ अर्ब १२ करोड रुपैयाँ पुग्दा नेशनल लाइफको ८.८० प्रतिशतले बढेर ७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, नवीकरण बीमा शुल्क आर्जन हिमालयन लाइफको ०.२५ प्रतिशतले बढेर ७ अर्ब ५ करोड, सूर्यज्योति लाइफको १३.०१ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड पुगेको छ ।

उक्त अवधिमा क्रमशः एशियन लाइफको ११.८२ प्रतिशतले बढेर ३ अर्ब २९ करोड, सिटिजन लाइफको २२.७२ प्रतिशतले बढेर २ अर्ब ३८ करोड, सानिमा रिलायन्स लाइफको १०.६६ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रहेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

साथै, यस अवधिमा नवीकरण शुल्क मेट लाइफको ७.६२ प्रतिशतले बढेर २ अर्ब २४ करोड, प्रभु महालक्ष्मीको ६.८२ प्रतिशतले बढेर १ अर्ब ७४ करोड, आइएमई लाइफको १८.४५ प्रतिशतले बढेर १ अर्ब ७० करोड र सन नेपाल लाइफको १६.६४ प्रतिशतले बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?