National life

जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे १ खर्ब माथि ,कुन कम्पनीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ साउन २०८१, बुधबार
860Shares
जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे १ खर्ब माथि ,कुन कम्पनीको कति ?
ncell

काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०८०र८१ को असार मसान्तसम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ कुल प्रिमियम संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणको उपलब्ध गराएको तथ्यांकअनुसार १४ वटा बीमा कम्पनीले १२ महिनाको अवधिमा १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। नेपाल लाइफले यस अवधिमा ४० अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै ,दोस्रोमा नेशनल लाइफले यसअवधिमा १९ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। तेस्रोमा एलआईसी नेपालले यस अवधिसम्ममा १९ अर्ब २० करोड रुपैँया कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै,यस अवधिमा हिमालयन लाइफले १६ अर्ब ६० करोड रुपैयाँ, सूर्यज्योति लाइफले ९ अर्ब ४९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड रुपैयाँ, एसियन लाइफले ८ अर्ब ५ करोड रुपैयाँ सिटिजन लाइफले ६ अर्ब २१ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ६ अर्ब १८ करोड रुपैयाँ, मेट लाइफले ५ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् गरेका छन्।

चालु आर्थिक बर्ष २०८०र८१ को असार मसान्तसम्ममा आइएमई लाइफले ४ अर्ब ७४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब २० करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
860SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?