काठमाडौं । जीवन बीमा कम्पनीहरुले आव २०८१/८२ मा १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। जुन गत आवको भन्दा १६.०५ प्रतिशतले बढी हो।
नेपाल बीमा प्राधिकरणका अनुसार गत आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।
यस अवधिमा सबैभन्दा बढी प्रिमियम संकलन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले गत आवमा ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ।
दोस्रोमा नेशनल लाइफले २२ अर्ब ४२ करोड, एलआइसी नेपालले १९ अर्ब ९२ करोड, हिमालयन लाइफले १७ अर्ब ६६ करोड, सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड, एशियन लाइफले १० अर्ब २४ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड, सिटिजन लाइफले ७ अर्ब ५१ करोड, सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख, मेट लाइफले ६ अर्ब २५ करोड, आइएमई लाइफले ६ अर्ब २५ करोड, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड र सन नेपाल लाइफले ५ अ र्ब ४५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
यस अवधिमा बृद्धिदरका आधारमा सन नेपाल लाइफ अगाडी देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कम्पनीको व्यवसाय २८.८० प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । त्यस्तै, व्यवसाय बृद्धिमा एशियन लाइफ इन्स्योेरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीको व्यवसाय २७.२३ प्रतिशतले बढेको छ भने रिलायबल नेपाल लाइफको व्यवसाय २५.५५ प्रतिशतले बृद्धि भएको छ ।
बीमा शुल्क संकलन लाखमा



































