National life

ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशम राज रेग्मी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
1.4kShares
ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशम राज रेग्मी नियुक्त
ncell

काठमाडौं । ज्योति विकास बैंक लि. को सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा रेशम राज रेग्मीलाई नियुक्त गरेको छ ।

उनलाई माघ २३ गते देखि लागु हुनेगरी माघ २३ गते बसेको सञ्चालक समितिको ५०९ औं बैठकले बैकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

वरिष्ठ अधिवत्ता रेशम राज रेग्मीको नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न कार्यक्षेत्रमा कार्य अनुभव पनि छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कानून विषयमा स्नातकोत्तर गरेका रेग्मीले नेपाल सरकार अन्तर्गत विभिन्न क्षेत्रमा पनि कानूनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन् ।

उनी अध्यापकको रूपमा पनि विभिन्न शैक्षिक संस्थाहरूमा आवद्ध रहेका छन् । नेपाल मध्यस्ता परिषदको आजीवन सदस्य रहेका रेग्मीले संस्थागत सुशासन, एएमएल तथा समग्र बैंकिङ्ग क्षेत्रको विषयमा विशेषज्ञता हासिल गरेका छन् ।

रेग्मीले बैंकिङ्ग कानून तथा संस्थागत सुशासन सम्बन्धि पुस्तक प्रकाशित गर्नुका साथै विभिन्न रिसर्च पेपरहरु एवम् जर्नलहरुमा आलेख प्रकाशन गरेका छन् ।

रेग्मीको लामो कार्य अनुभव तथा विषयगत कुशलता र दक्षताले यस बैंकलाई थप सबल तथा सफलता उन्मुख मार्गदर्शन प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ATM मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?