काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । आज ९बिहीबार० बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । नीतिगत रुपमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हटेपछि सञ्चालनमा आउन भने केही समय लाग्ने बताइएको छ ।
‘२०८० कात्तिक २७ गते टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय आज भएको छ ।
सरकारले सामाजिक सञ्जाल टिकटकका पदाधिकारीहरुसँग पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने,भाषाको फिल्टरिङ गर्नुपर्नेलगायतका शर्त राखेको मन्त्री गुरुङले बताए ।
नीतिगत रुपमा अहिले टिकटकको प्रतिबन्ध हटाइएपनि सरकारले राखेको माग पूरा गर्ने प्रतिवद्धतापछि मात्रै टिकटक सञ्चालनमा आउने उनको भनाइ छ ।


































