काठमाण्डौ । टिकटकले सन् २०२४ को पहिलो त्रैमासिकका महत्वपूर्ण नयाँ डेटा प्वइन्ट र ट्रेण्डहरूलाई समेटेर कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट प्रकाशित गरेको छ।
टिकटकले पहिलो त्रैमासमा संसारभरबाट आफ्नो प्लेटफर्ममा अपलोड भएका १६ करोड ६९ लाख ९७ हजार ३०७ भिडियोहरू हटाएको छ । जुन अपलोड गरिएका भिडियोहरूको लगभग ०.९ प्रतिशत हो।
यी मध्येको एक महत्वपूर्ण हिस्सा १२ करोड ९३ लाख ३५ हजार ७९३ भिडियोहरूअटोमेटेड डिटेक्सन प्रविधिहरू मार्फत् पहिचान गरी हटाइएको थियो भने ६० लाख ४२ हजार २८७ भिडियोहरू थप समीक्षापछि पुनर्स्थापित गरिएका छन्।
यसका साथै, टिकटकले आफ्नो कम्युनिटी गाइडलाइनहरू उल्लङ्घन गरेको आधारमा पहिलो त्रैमासमा ९७ करोड ६४ लाख ७९ हजार ९४६ भिडियो कमेन्टहरू पनि हटाएको छ। यो सङ्ख्या त्यस अवधिमा प्रकाशित कुल भिडियो कमेन्टहरूको १.६ प्रतिशत हो। त्यस अवधिमा क्रियटरहरूले आफ्ना भिडियोहरूबाट ३ अर्ब ३८ करोड १६ लाख ४६ हजार ७२२ कमेन्टहरू फिल्टर गर्न वा हटाउनका लागि उनीहरूको एक्स्टेन्सिभ कमेन्ट सेफ्टी टुलहरूको पनि प्रयोग गरेका थिए।


































