काठमाडौँ । आज संविधान दिवस, संविधान दिवस, २०८० का अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
त्यस्तै, टुँडिखेलमा आयोजना गरिएको संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए ।
संविधान निर्माण भएर कार्यान्वयनमा आएको आज आठ वर्ष पूरा भएको छ ।
तस्बिरहरू हेर्नुहाेस् :













































