National life

ट्रम्पले पारस्परिक भन्सार शुल्क ९० दिनका गरे स्थगित,चीनको भने यथावत्

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ चैत २०८१, बिहिबार
1.5kShares
ट्रम्पले पारस्परिक भन्सार शुल्क ९० दिनका गरे स्थगित,चीनको भने यथावत्
ncell

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेका छन् ।

उनले नयाँ व्यापार वार्ताको अवसर प्रदान गर्न एक हप्ताअघि गरेको निर्णय उल्ट्याउनु परेको बताएका छन् ।

तर उनले चीनलाई भने यो छूटमा समावेश गरेका छैनन्, बरु चीनमाथि लगाइएको भन्सार शुल्क १०४ प्रतिशत बाट बढाएर १२५ प्रतिशत पुर्‍याएका छन्। ट्रम्पले यो निर्णय चीनले अमेरिकामाथि लगाएको ८४ प्रतिशत जवाफी भन्सार शुल्कपछि लिएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘चीनले विश्व बजारप्रति आदर देखाएको छैन, त्यसैले म चीनमाथिको भन्सार शुल्क बढाएर १२५ प्रतिशत कायम गर्दैछु। यो निर्णय तत्काल लागू हुनेछ। चीनले अब अमेरिका र अन्य देशहरूलाई लुट्ने दिनहरू सकिएका छन् भनेर बुझ्नेछ भन्ने आशा छ।’

तर ट्रम्पले अमेरिकासँग संवाद गर्ने देशलाई कर घटाउने संकेत गरेका छन् ।

‘७५ भन्दा बढी देशहरूले अमेरिकासँग सम्पर्क गरेका छन् र मेरा सशक्त सुझावमा अमेरिका विरुद्ध कुनै जवाफी कदम चालेका छैनन्। त्यसैले मैले ९० दिनका लागि भन्सार कर रोक्ने निर्णय गरेको हुँ। यसले नयाँ व्यापार सम्झौताहरू गर्न समय दिनेछ,’ उनले भने ।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि यस्तै तर्क अगाडि सारेका छन् । उनले भने, ‘जुन देशहरू अमेरिकासँग वार्ता गर्न इच्छुक छन्, उनीहरूमाथि भन्सार शुल्क १० प्रतिशत मात्र लाग्नेछ — जसमा क्यानडा र मेक्सिको पनि पर्छन्।’

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?