National life

“डाटा गोपनीयता दिवस” को अवसरमा एसबिआई बैंकका कर्मचारीले लिए प्रतिज्ञा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ माघ २०८१, मङ्गलबार
710Shares
“डाटा गोपनीयता दिवस” को अवसरमा एसबिआई बैंकका कर्मचारीले लिए प्रतिज्ञा
ncell

कठमाडौं । “डाटा गोपनीयता दिवस” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरुको सबै व्यक्तिगत तथा वित्तिय जानकारीहरु गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुको बारेमा अद्याबधिक रहने प्रतिज्ञा गरेका छन् ।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पुर्ण कर्मचारीहरुलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गराएका हुन् ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरुले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल यस बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटिएमबाट आफ्नो आन्तरिक तथा बिश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
710SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?