काठमाण्डौ। खसार मसान्त सकिदै गर्दा नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भईरहेको छ ।


































