National life

डेनमार्क : एक अनौठो देश, जहाँका युवकको शुक्रकीट किन्न चाहन्छन् विश्वभरका महिला

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२० माघ २०८२, मङ्गलबार
1.6kShares
डेनमार्क : एक अनौठो देश, जहाँका युवकको शुक्रकीट किन्न चाहन्छन् विश्वभरका महिला
ncell

काठमाडौँ। विश्वका खुसी र सुन्दर देशहरूमध्येको एक डेनमार्क पछिल्लो समय अनौठो कारणले चर्चामा आएको छ। यहाँ जन्मिने हरेक १०० बच्चामध्ये एक बच्चा शुक्रकीट दान मार्फत जन्मिन्छ।

करिब ६० लाख जनसंख्या भएको डेनमार्क विश्वव्यापी शुक्रकीट निर्यातकको रूपमा परिचित छ। तर हालसालै यस उद्योगसँग सम्बन्धित केही गम्भीर प्रश्न र विवादहरू बाहिर आएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डेनमार्कले आफ्नो शुक्रकीट धेरै देशहरूमा आपूर्ति गर्छ। विश्वभरका महिलाहरू डेनमार्कका गोरो छाला, सुनकेश्रा कपाल र निलो आँखा भएका युवकको शुक्रकीट प्राप्त गर्न चाहन्छन्। यस्ता नर्डिक व्यक्तिहरूलाई प्रायः ‘भाइकिङ वंश’ भनिन्छ। उद्योगले यसलाई व्यावसायिक रूपमा प्रयोग गर्दै विश्वभर ‘भाइकिङ स्पर्म’ निर्यात गर्दछ ताकि स्वस्थ र आकर्षक बच्चा जन्मियोस्।

तर अनुसन्धानले यस उद्योगको अँध्यारो पक्ष उजागर गरेको छ। एउटै दाताबाट १४ देशका ६७ क्लिनिकमार्फत कम्तीमा १९७ बच्चा जन्मिएको पाइएको छ। ती बच्चामध्ये केहीमा क्यान्सरसँग सम्बन्धित आनुवंशिक म्युटेसन पाइएको छ। उक्त दाताले सन् २००५ देखि १७ वर्षसम्म निरन्तर शुक्रकीट दान गर्दै आएका थिए। जन्मिएका बच्चाहरूलाई भविष्यमा क्यान्सरको उच्च जोखिम रहेको र नियमित चिकित्सकीय निगरानी आवश्यक रहेको रिपोर्टमा उल्लेख छ।

युरोपमा शुक्रकीट दानको बजार अहिले करिब १ अर्ब ३० करोड युरो छ, जुन सन् २०३३ सम्म २ अर्ब ३० करोड युरो पुग्ने अनुमान छ। डेनमार्क विश्वकै सबैभन्दा ठूलो शुक्रकीट निर्यातक हो र यहाँको क्रायोस इन्टरनेशनल विश्वको सबैभन्दा ठूलो स्पर्म बैंक हो, जसले १०० भन्दा बढी देशमा निर्यात गर्छ।

नेदरल्यान्ड र बेल्जियममा जन्मिएका करिब ६० प्रतिशत बच्चाका जैविक पिता डेनिस दाताबाट नै भएको पाइएको छ। पछिल्लो क्यान्सरसँग सम्बन्धित घटना सार्वजनिक भएपछि युरोपेली संघले अन्तर्राष्ट्रिय निगरानी संस्था स्थापना गर्न माग गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?