National life

तरलता व्यवस्थापन गर्न एक सय अर्ब तरलता खिच्दै केन्द्रीय बैंक, ३ बजे बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
790Shares
तरलता व्यवस्थापन गर्न एक सय अर्ब तरलता खिच्दै केन्द्रीय बैंक, ३ बजे बोलकबोल
ncell

काठमाडौँ – केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै  एक सय अर्ब तरलता खिच्ने भएको छ।

बैंकले आज (भदौ ३० गते) आइतबारका दिन २१ दिन अवधिको एक सय अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल  गर्ने भएको छ ।

यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
790SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?