National life

तारकेस्वरको शेषमति खोलामा बस र मोटरसाइकल खस्दा १ जनाको मृयु

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ जेठ २०८०, बुधबार
1.1kShares
तारकेस्वरको शेषमति खोलामा बस र मोटरसाइकल खस्दा १ जनाको मृयु
ncell

काठमाडौं। काठमाडौंको तारकेस्वर नगरपालिकास्थित शेषमति खोलामा बस र मोटरसाइकल खस्दा घाइते भएका ५७ वर्षीय जोगेन्द्रप्रसाद गुप्ताको मृत्यु भएको छ । सप्तरी घर भएर इमाडोल बस्ने गुप्ता सवार बा ४९ प ७०१ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा आएको बा ३ ख ६३६७ नम्बरको बसले ठक्कर दिएको थियो।

दुर्घटनामा १० जना घाइते भएको जानकारी उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले दिए । घाइते मध्ये गुप्तालाई ग्रीन सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उपचारकै क्रममा उनको मृत्यु भएको भट्टले बताए ।

अन्य घाइतेहरूको उपचार नयाँ बजारस्थित पिपल्स अस्पतालमा भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?