National life

तिहारको बिदामा पढनुहोस शेयर बजारसँगै वित्तीय क्षेत्रबारे जानकारी दिने यी ७ पुस्तक

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०५ कात्तिक २०८२, बुधबार
1.1kShares
तिहारको बिदामा पढनुहोस शेयर बजारसँगै वित्तीय क्षेत्रबारे जानकारी दिने यी ७ पुस्तक
ncell
तिहारको अवसरमा विद्यालय लगायत धेरै सरकारी तथा गैरसरकारी कार्यालयहरूले लामो बिदा समेत दिदिएका छन् । यो समयको सही सदुपयोग गर्न सकियो भने धेरै फाइदा हुनसक्छ । पारिवारिक भेटलाई अर्थपूर्ण बनाउनको लागि भन्दै मदिरा नै पिउनुपर्छ भन्ने मान्यतालाई त्यागेर रमाइलो भेटघाट र पारिवारिक गफगाफका साथै केही ज्ञानवर्धक पुस्तकहरू पढेर पनि दसैँलाई यादगार बनाउन सकिन्छ । 
आज हामी तपाइलाई तिहारको बिदालाई सदुपयोग गर्दै वित्तीय क्षेत्रबारे जानकारी दिने पुस्तकका बारेमा बताउदैछौ । 
१.
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैङ्क, वित्त क्षेत्र र अर्थतन्त्र
विजनेसपाटी मिडियाले बजारमा ल्याएको बैङ्क तथा वित्तीय संस्थाबारे आधारभूत जानकारी दिने ‘बैङ्क, वित्त क्षेत्र र अर्थतन्त्र’ पुस्तकमा ‘क’ वर्गका सबै वाणिज्य बैकहरूको प्रोफाइल समेटिएको छ । यसै गरी पुस्तकमा विकास बैङ्क, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, बिमा कम्पनी, रेमिटेन्स कम्पनी र सहकारीहरूबारे पनि उल्लेख गरिएको छ । यो पुस्तकका लेखक आर्थिक पत्रकारितामा सक्रिय रिसव गौतम हुन् । बैङ्क तथा वित्तीय संस्थाको बारेमा जान्न इच्छुक हुनहुन्छ भने तपाईँको लागि यो पुस्तक पढ्नु फाइदाजनक हुनेछ ।
२. इन्स्योरेन्स थेउरी एन्ड प्राक्टिस 
यदि तपाई बीमाको बारेमा जान्न इच्छुक हुनहुन्छ भने यो दसैँ तथा तिहारको बिदामा तपाईँले बिमाविद डा. रवीन्द्र घिमिरेले लेख्नुभएको इन्स्योरेन्स थेउरी एन्ड प्राक्टिस नामक पुस्तक पढ्न सक्नुहुन्छ । यस पुस्तक नेपालमा बिमा क्षेत्रमा हुने घटना–परिघटना तथा नेपाली बिमा परिवेशलाई समेटेर तयार पारिएको छ । बुद्ध पब्लिकेशनबाट प्रकाशित यो पुस्तक मुलुक भरिका पुस्तक पसलमा पाइन्छ ।
३. शेयर मन्त्र 
सेयर बजार विश्लेषक रवीन्द्र भट्टराई ले लेख्नुभएको शेयर मन्त्र नामक पुस्तक पनि तपाइले तिहारको बिदाको समयमा पढ्न सक्नुहुन्छ । यो पुस्तकमा शेयर वजारसम्वन्धी रहेका विभिन्न किसिमका भ्रमहरू चिर्न, लगानी प्रति सर्वसाधारणलाई उत्प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनौट गर्ने र पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्र हरू प्रदान गर्न सहयोगी हुनेछ  विश्वास गरिएको छ ।
४. सेयरबाट करोडपति
सेयर बजारकै बारेमा थप जान्नको लागि यो दसैँ तिहारको छुट्टीमा तपाईँले सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईले लेखेको पुस्तक सेयरबाट करोडपति पनि पढ्न सक्नुहुन्छ । पैसाको दास नबन, पैसालाई दास बनाऊ भन्ने पुस्तक निष्कर्ष हो । यस पुस्तकमा सेक्स र सेयर बिच किन तुलना गरिएको छ ।
५. सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण
सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण सेयर बजार विश्लेषक पनि सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईले नै लेखेको पुस्तक हो यो पुस्तकमा प्राविधिक विश्लेषण गर्ने तरिकालाई अझ सरल र सजिलो ढङ्गबाट प्रस्तुत गरिएको छ । यस्तै रेखाचित्रको माध्यमबाट सेयर बजारको घटबढको विश्लेषण गर्ने सरल तरिकाहरू यो किताबमा सिकाइएको छ ।
६. जीवन बिमा 
यदि तपाइलाई जीवन बिमा सम्बन्धी जानकारी लिन मन छ भने तपाईँले यसपालिको दशैँतिहारको छुट्टीमा रवीन्द्र भट्टराईको बिमा सम्बन्धी पुस्तक ‘जीवन बिमा’ पढ्नु लाभदायक हुनसक्छ ।  यो पुस्तकमा बिमा बजारको गुणस्तरीयतामा वृद्धि, जीवन बिमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्न बिमा ऐन र नियमावलीका बारेमा उल्लेख गरिएको छ ।
७. विल इट फ्लाई
यदि तपाई नयाँ विजिनेश आइडियाको विषयमा सोचिरहनुभएको छ भने दशैँतिहारको फुर्सदिलो समयमा लेखक थोमस के. मेकनाइटले लेखेको विल इट फ्लाई नामक पुस्तक पढ्न सक्नुहुन्छ । यो पुस्तकमा लेखकले आफ्नो अनुभवको आधारमा ४४ बुँदाको चेक लिस्ट बनाएका छन् । जसले तपाइलाई पर्सनल विजिनेश एटिच्यूटको आङ्कलन गर्न सहायक हुनेछ । यो पुस्तकमा दिइएको टिप्सबाट तपाईँले सफल विजिनेशको एक स्पष्ट अवधारणा बनाउन सक्नुहुन्छ ।
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?