National life

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
578Shares
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ncell

काठमाडौंं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फर्स्ट माइक्रोफाइनान्सले भोली अर्थात पुस १२ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ७.५% बोनस सेयर र कर प्रयोजन सहित ७.५% नगद गरी कुल १५% लाभांश वितरण गर्दैछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत वर्षको नाफाबाट १०.५२६% लाभांश वितरण गर्दैछ । कम्पनीले १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिंदैछ । यसले उक्त प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा लैनचौर ब्यांकेटमा बिहान १० बजे सुरु हुनेछ ।

तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको नाफाबाट ४% बोनस सेयर र कर प्रयोजन सहित ११% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यसले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?