National life

तीन महिनामा वाणिज्य बैंकहरूले कर्मचारी खर्चमा सके १५ अर्ब बढी रकम, कुन बैंकले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१० मंसिर २०८२, बुधबार
939Shares
तीन महिनामा वाणिज्य बैंकहरूले कर्मचारी खर्चमा सके १५ अर्ब बढी रकम, कुन बैंकले कति ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको अवधिमा वाणिज्य बैंकहरूले कर्मचारी खर्च शीर्षकमा १५ अर्ब २३ करोड ७ लाख रुपैयाँ छुटाएका छन्। यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ५.२८ प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो वर्षको असोज मसान्तसम्म बैंकहरूले कर्मचारी खर्चमा १४ अर्ब ४७ करोड २ लाख रुपैयाँ व्यय गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकगत विवरण हेर्दा सबै प्रमुख बैंकहरूको कर्मचारी खर्चमा वृद्धि देखिएको छ। जस अनुसार, नेपाल बैंकले असोज मसान्तसम्म १ अर्ब १ करोड ७२ लाख रुपैयाँ छुटाएको छ, यो अघिल्लो वर्षको तुलनामा ११.५५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा यस बैंकले ९१ करोड १९ लाख रुपैयाँ खर्च गरेको थियो।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी खर्चमा उल्लेख्य रूपमा लगानी बढाएको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब ३८ करोड २३ लाख रुपैयाँ छुटाएको छ, जुन अघिल्लो वर्षको भन्दा २५.६२ प्रतिशतले बढी हो।

त्यस्तै, नबिल बैंकले १ अर्ब २० करोड २७ लाख रुपैयाँ खर्च गरी कर्मचारी खर्चमा ७.८९ प्रतिशत वृद्धि गरेको छ। अन्य बैंकहरूको विवरण हेर्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७६ करोड ५९ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २३ करोड ८९ लाख, हिमालयन बैंकले ८३ करोड ३५ लाख, नेपाल एसबीआई बैंकले ४१ करोड ३१ लाख र एभरेष्ट बैंकले ४८ करोड ६५ लाख रुपैयाँ कर्मचारी खर्चमा छुटाएका छन् ।

साथै, एनआईसी एशिया बैंकले ७३ करोड ८८ लाख, माछापुच्छ्रे बैंकले ६३ करोड ६७ लाख, कुमारी बैंकले ९० करोड ७६ लाख, लक्ष्मी सनराइज बैंकले ९८ करोड ८१ लाख, सिद्धार्थ बैंकले ७२ करोड ७३ लाख, कृषि विकास बैंकले ८९ करोड २० लाख तथा ग्लोबल आईएमई बैंकले १ अर्ब ४ करोड १६ लाख रुपैयाँ खर्च गरेका छन् ।

सिटिजन्स बैंकले ५१ करोड ७९ लाख, प्राइम बैंकले ४७ करोड ६० लाख, एनएमबी बैंकले ६७ करोड १६ लाख, प्रभु बैंकले ८९ करोड ४३ लाख र सानिमा बैंकले ४० करोड ४१ लाख रुपैयाँ कर्मचारी खर्च शीर्षकमा व्यय गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
939SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?