काठमाडौँ । तेहरानको हतियार अनुसन्धान केन्द्रमा जरायली सेनाले आक्रमण गरेको छ । दुई शत्रुबिचको युद्धको आठौँ दिनमा इजरायली सेनाले रातभर तेहरानमा दर्जनौँ लक्ष्यमा आक्रमण गरेको शुक्रवार बताएको छ।
आक्रमणमा ‘इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकास’ केन्द्र भनिने ठाउँ समावेश छ। सेनाले विज्ञप्ति जारि गर्दै भनेको छ, ‘सेनाले तेहरानको मुटुमा शृृंखलाबद्ध आक्रमणहरू सम्पन्न गरेको छ, सैन्य क्षेप्यास्त्र उत्पादन स्थलहरू र इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकासका लागि एसपिएनडी (अर्गनाइजेसन अफ डिफेन्सिभ इनोभेसन एन्ड रिसर्च) मुख्यालयसहित दर्जनौँ लक्ष्यमा प्रहार गरिएको थियो ।’
इजरायली सेनाका अनुसार एसपिएनडी मुख्यालय इरानी शासनको सैन्य क्षमतालाई समर्थन गर्ने उन्नत प्रविधि र हतियारहरूको अनुसन्धान र विकासका लागि प्रयोग गरिन्छ । बिहीबार राति ६० वटाभन्दा बढी लडाकु विमानले दर्जनौँ सैन्य लक्ष्यमा प्रहार गरेको सेनाले जनाएको छ ।
‘लक्ष्यहरूमध्ये मिसाइल कम्पोनेन्टहरू उत्पादन गर्ने साइटहरू र कास्टिङ मिसाइल इन्जिनहरूमा प्रयोग हुने कच्चा मालहरू निर्माण गर्ने सुविधाहरू थिए,’ सेनाले भनेको छ ।इरान आणविक हतियार विकास गर्ने सँघारमा रहेको दाबी गर्दै इजरायलले एक हप्ताअघि आफ्नो कट्टर दुस्मनविरुद्ध हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणपछि दुवैतर्फबाट घातक आक्रमण सुरु भएका छन् । एजेन्सीको सहयोगमा


































