काठमाडौँ । आज बिहीबारका दिन सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ । बुधवार २७ सय रुपैयाँले घटेको सुन बिहीबार २३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँ मा कारोबार भएको थियो।
त्यस्तै, आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी बिहीबार एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ९१७.६३ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.२३ डलरमा कारोबार भइरहेको छ।


































