National life

त्रिविको रिक्त उपकुलपति पदमा प्रा.डा. केशर जङ्ग बराल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० फागुन २०८०, बिहिबार
1.3kShares
त्रिविको रिक्त उपकुलपति पदमा प्रा.डा. केशर जङ्ग बराल नियुक्त
ncell

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति पदमा प्रा.डा. केशर जङ्ग बराल नियुक्त भएका छन्।

उपकुलपति सिफारिस समितिले सिफारिस गरेका ३ जनामध्येबाट प्रधानमन्त्रीले बराललाई नियुक्त गरेका हुन् ।  

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिको रूपमा प्राडा केशर जङ्ग बराललाई नियुक्त भएका छन् ।

पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्राडा बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका हुन्।

शिक्षामन्त्री अशोककुमार राईको अध्यक्षतामा रहको सिफारिस समितिले  सिफारिस गरिएकामध्ये दोस्रो नम्बरमा रहेका बराललाई नियुक्त गरेको हो ।

२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?