National life

थारु समुदायको दशैं कस्तो हुन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ कात्तिक २०८०, बुधबार
825Shares
थारु समुदायको दशैं कस्तो हुन्छ ?
ncell

दशैं सुरु भएसंगै पश्चिम नेपालको तराई जिल्लाका थारु समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारु गाउँ बस्तीमा महीना दिन अगाडी नै नाँचिने सखिया नाँचले थारु समुदायको दशैं हर्षोल्लास बनाइदिन्छ ।

हिन्दु धर्म झैँ थारु समुदायले दशैं मनाउने भए पनि उनीहरुको आफ्नै मौलिक संस्कृति, परम्परा र धार्मिक अनुष्ठा अनुसार नवौं दिनमा सेतो टीका र जमरा लगाएर दशैं मनाउने गर्दछन् ।

दशैलाई ‘दश्या’ भनेर मनाइने यो पर्व थारु समुदायको माघी र अट्वारी पछिको अर्को ठुलो पर्व हो । यसका आफ्नै मौलिक संस्कृति छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
थारु समुदायले दशैलाई हिन्दु धर्मालम्बी झैँ दुर्गाले माताले १०औं दिन राक्षस माथि विजय गरेको दिनका रुपमा मनाउँदैनन् ।

बरु यो पर्वमा थारु समुदायले आफ्ना कुल देउतालाई पुज्दै पुर्खा र पितृको सम्झना गर्छन् । पितृलाई प्रसाद चढाउन् । महिना दिनभर आफ्नै मौलिक नाँच सखिया नाँच्दै नवमीको दिन गाउँमा सामूहिक रुपमा टीका लगाएर आफ्नै संस्कृति र पम्पराका अनुसार यो समुदायले ‘दश्या’ अर्थात् दशैं मनाउँछन् ।

हिन्दु धर्म अनुसार दशमीको दिन टीका लगाउने प्रचलन भए पनि थारु समुदायमा नवमीको दिन टीका र जमरा लगाउने प्रचलन छ। थारु समुदायले नवमीको दिन सामूहिक रुपमा टीका लगाउन सुरु गर्छन् ।

थारु समुदायको बाहुल्यता रहेको दाङ, बाँके, बार्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा दशैंको नवौँ दिन आफ्नै मौलिक परम्परासहित यो समुदायले हर्षोउल्लासहले दशैं मनाउँछन् ।

घटस्थापनाको दिनदेखि थारु समुदायमा पनि घर घरमा जमरा राखेर दशैं सुरु हुन्छ । तर जमरा जौं को होइन मकैको राखिन्छ ।

थारु समुदायले विशेष गरी पुर्खाको सम्झना र पितृको श्रद्धा गर्ने पर्वका रुपमा यसलाई मनाउँछन् ।
महाष्टमीको साझ हरेक घर–घरमा पितृहरूको सम्झना गर्दै कुल देवि देउतालाई रक्सी, ढिक्री, खरौपैवा लगायत प्रसाद चढाइन्छ। कुभिन्डोको बलि दिएर रक्सी, ढिक्रीसहित प्रसाद देउतालाई चढाइन्छ भने, साँझ हरेक घरघरमा मादल बजाउँदै कुल देउताको पूजा गर्ने चलन छ ।

नवमीको बिहान भने चल्लाको बच्चा पुझ्दै पितृहरूको श्राद्ध गरिन्छ । भात र माछासहित पाँच थरिका तरकारी टपरीमा राखेर आफ्ना पितृलाई प्रसाद चढाइन्छ ।

पितृलाई प्रसाद चढाइसकेपछि दिउँसो मतहवा ९गाउँको थारु मुखिया० घरमा पुगेर सामूहिक रुपमा टीका लगाउन सुरु गरिन्छ । त्यहाँ पुरुषले मतहवाको हातबाट र महिलाहरुले मतहवाको श्रीमतीबाट टिका र मकैको जमरा ग्रहण गर्दछन् ।

थारु समुदायको संस्कार र संस्कृति वौद्ध धर्म र हिन्दु धर्मसँग जोडिएको थारु समुदायका ज्ञाताहरु बताउँछन् । थारु समुदायले हिन्दु धर्म र वौद्ध धर्म अङ्गालेको र थारु समुदायका संस्कृति र परम्पराहरु हिन्दु र वौद्ध धर्मसँग मिल्दोजुल्दो रहेको ज्ञाताहरुको भनाई छ ।

दशैंमा लगाइने थारु समुदायले लगाउने सेतो टीका विजय उत्सवको रुपमा नभएर शान्तिको प्रतिकका रुपमा लगाइने उनीहरु बताउँछन् ।

टीका लगाउँदा गाउँलेहरुले मतहवासँग गाउँ राम्रोसँग चलाउन आग्रह गर्दै सुख–दुःखमा हेर्न र गाउँमा हुने आपत्–विपतबाट जोगाउन भनेर अशिष माग्दछन् । उनीहरु सखिया नाँचमा कृष्णको कथा देखाउने तथा बर्कीमार अर्थात् महाभारतको कथा गाउने प्रचलन रहेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
825SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?