National life

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा ६०% सम्मको छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ फागुन २०८१, शनिबार
529Shares
दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा ६०% सम्मको छुट
ncell

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य, दराज नेपालले ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । ग्राहकहरूले यस क्याम्पेन अन्तर्गत ६०%सम्मको छुट, निःशुल्क डेलिभरी, र ५० लाख रुपैयाँ बराबरको भाउचरहरु प्राप्त गर्न सक्नेछन् । फागुन १९ देखि फागुन २३ सम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकहरूलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

क्याम्पेन अवधिभर, दराजका ग्राहकहरूले फ्ल्याश सेल मार्फत दैनिक रूपमा आकर्षक छुटहरुको लाभलिन सक्नेछन् । यस अन्तर्गत, ग्राहकहरूले सिताफिल, अइविबी, डा। केयर लगायतका विभिन्न ब्रान्डहरूमा ६०% सम्मको आकर्षक छुट पाउनेछन् । सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने जानकारी कम्पनीले दिएको छ । तसर्थ, ग्राहकहरूलाई दराज एपको “फ्ल्याश सेल“ सेक्शन नियमित रूपमा जाँच गर्न कम्पनीले अनुरोध गरेको छ ।

त्यसैगरी, बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रम अन्तर्गत ग्राहकहरूले थप आकर्षक अफरहरुको अनुभव प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रम अन्तर्गत, यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकमफिर्ता गर्ने जानकारी दिइएको छ । तर, यसका लागि दावी योग्यतार मापदण्ड अनुरूप हुनु पर्नेछ ।

३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रुपमा निःशुल्क डेलिभरी सुविधारहेको छ । यस अन्तर्गत ग्राहकहरूले कम्तीमा रु. ४९९ को खरिद गर्दा चुनिएका विक्रेताहरूबाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्ने छन् । निःशुल्क डेलिभरीका भाउचरहरू प्राप्त गर्न, दाराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानर माक्लिक गरी निर्धारित पृष्ठमा जान सक्ने दराजले जानकारी दिएको छ ।

३.३ क्याम्पेन, केवल छुट र बचतका लागि मात्र भनइ, उपभोक्ताहरुलाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिदै आइ रहेको कम्पनीको भनाइ छ । क्याम्पेन अन्तर्गत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेवल्स, फर्निचर, घर सजावट र अन्य विविध उत्पादनहरूमा अविश्वसनीय अफरहरू उपलब्ध रहने जानकारी दिइएको छ ।

दराज नेपालदद्वारा आयोजना हुनलागेको ३.३ क्याम्पेनबारे थप जानकारीका लागि www.daraz.com.np, दराज नेपालको फेसबुक पेज वा दराज एपब्राउज गर्न कम्पनीका कम्युनिकेशन म्यानेजर प्रारम्भ दाहालले जनानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?