National life

दीपक र सुलभले पुँजी बजारमा यसरी गर्थे चलखेल, सेबोनको रिपोर्टले खोल्यो रहस्य

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१० वैशाख २०८३, बिहिबार
2KShares
दीपक र सुलभले पुँजी बजारमा यसरी गर्थे चलखेल, सेबोनको रिपोर्टले खोल्यो रहस्य
ncell

काठमाडौं। धितोपत्र बोर्डले तयार पारेको दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान प्रतिवेदनले नेपाली पुँजीबजार भइरहेको गैर–कानूनी धन्दाको पर्दाफास गरेको छ । बोर्डले गरेको अनुसन्धानले उनीहरुको कारोबारका विषयमा केन्द्रीत रहेर धितोपत्रसम्पत्ति कमाउन गरिने हदैसम्मको हर्कत र त्यसमा मतियार हुने व्यक्तिहरुका काण्ड पनि बाहिर ल्याएको छ ।

धितोपत्र बोर्डका सुपरीवेक्षण प्रतिवेदनहरु ‘दिपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ र ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र उनका छोरा कृषिव अग्रवालले गरेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३’ले व्यवसायका नाममा गैरकानूनी काम धेरै हुने गरेको तथ्य फेला पारेको हो।

भट्ट र सुलभ अग्रवालकी श्रीमती सुभी अग्रवालले पब्लिक लिमिटेड कम्पनीको कोषबाट सेयर खरिद गरी सेटलमेन्ट गरेर दुरुपयोग गरेको बोर्डको अनुसन्धानले पत्ता लगाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुलभ अग्रवाल, दीपक भट्ट लगायत संस्थापक सेयरधनी रहेको पब्लिक लिमिटेड कम्पनीको साथै हिमालयन लाइफ र हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सहायक कम्पनीहरूको समेत फण्ड दुरुपयोग गरी दीपक भट्ट, सुभी अग्रवाल र ऋषिराज मोर लगायतका व्यक्तिले खरिद गरेको सेयरको राफसाफ भएको धितोपत्र बोर्डको अध्ययनले देखाएको हो।

https://aarthikvoice.com/archives/88671

भट्ट र सुभी अग्रवालले किनेको सेयर तथा ऋणपत्रहरूको मूल्य बढाएर हिमालयन रि–इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र दीपक भट्ट तथा सुलभ अग्रवालको लगानी भएको लघुबिमा कम्पनीमार्फत खरिद गर्ने र मूल्य बढाउन प्रयोग भएको धितोपत्र बोर्डको अध्ययनले देखाएको छ । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, भृकुटी स्टक ब्रोकिङ्ग, हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र विभिन्न आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरूको अनलाइन कारोबार प्रणाली (टिएमएस) एउटै व्यक्तिले चलाउने गरेको समेत पाइएको हो।

त्यति मात्रै होइन भट्ट, अग्रवाल, भृकुटी स्टकका साथमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र विभिन्न आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरूको अनलाइन कारोबार प्रणाली एउटै व्यक्तिले चलाउने गरेको पनि अनुसन्धानमा खुलेको हो।

बजारमा विभिन्न कम्पनीहरूबीच प्रतिस्पर्धा देखाएर पर्दा पछाडिबाट एकै व्यक्तिले मूल्य तोक्ने, माग सिर्जना गर्ने र कारोबार गर्ने काम गरी लगानीकर्तालाई फसाउने काम भएको रिपोर्टका क्रममा भेटिएको छ ।

https://aarthikvoice.com/archives/88521

दीपक भट्ट र भृकुटी स्टक यस प्रकरणका मुख्य योजनाकार भएको निष्कर्ष निकाल्दै बोर्डले सुलभ अग्रवाल, शुभी अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर, रोहित गुप्ता र शेखर गोल्छा जस्ता व्यक्तिहरूलाई सहयोगी भूमिकामा देखिएको जनाएको छ। सेबोनको प्रतिवेदन अनुसार भट्टले ब्रोकरहरूसँग समन्वय गरेर नेपाल पुनर्बिमाको सेयर मूल्यमा योजनाबद्ध रूपमा चलखेल गर्दै मूल्य १४६१ रुपैयाँबाट १६८६ रुपैयाँसम्म पु¥याएर लगानीकर्तालाई भ्रममा पार्ने प्रयास गरेको उल्लेख छ।

यस प्रक्रियामा हिमालयन रिइन्स्योरेन्स, हिमालय सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फण्ड लगायत विभिन्न माइक्रो इन्स्योरेन्स कम्पनीहरूको रकम र खाताहरू प्रयोग गरी बजारमा कृत्रिम माग सिर्जना गरिएको पनि रिपोर्टमा उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार भट्टले आफू आबद्ध कम्पनीहरू हिमालयन रिइन्स्योरेन्स, इन्फिनिटी होल्डिङ्ग्स, नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफबीच ऋणपत्रको नक्कली कारोबार देखाएर एक ठाउँको रकम अर्को ठाउँमा सार्दै व्यक्तिगत फाइदा लिएको जनाइएको छ।

जाँचका क्रममा शुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरले पनि भट्टकै तरिका अपनाउँदै बिना धितो अर्बौँको कारोबार गरेको र भुक्तानी नगरी सेयर आफ्नो खातामा राख्दै मूल्य वृद्धिमा सहयोग पुर्‍याएको तथ्य भेटिएको उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?