National life

दुई मन्त्री चढेका गाडी एकआपसमा ठोक्किए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ साउन २०८२, मङ्गलबार
357Shares
दुई मन्त्री चढेका गाडी एकआपसमा ठोक्किए
ncell

काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किएका छन् ।

मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रमतर्फ गइरहेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालले प्रयोग गर्ने बा. २ झ १४१९ र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले चढ्ने से. १ झ ३३० नम्बरका गाडी एक आपसमा ठोक्किएका हुन् ।

Royal Enfield
nic asia capital

सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका छन् । मन्त्रीद्वय पाल र कार्की पनि त्यसतर्फ जाने क्रममा दुईवटा गाडी ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राज कुमार सिंहका अनुसार घटना दिउँसो करिब सवा १ बजेको हो । उनका अनुसार गाडीमा क्षति भएको छ । तर मानवीय क्षति भने नभएको उनले बताए ।

ठक्करबाट बा. २ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से. १ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
357SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?