काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको विरोधमा झापामा उनका समर्थकहरूले तीन वटा ट्रकमा आगजनी गरेका छन् ।
आइतबार राति र सोमबार बिहान जिल्लाका छुट्टाछुट्टै स्थानमा उनका समर्थकहरूले भारतीय नम्बर प्लेटका तीन वटा ट्रकमाथि आगजनी गरेका हुन् ।
कन्काई नगरपालिका ८ स्थित बिरिङ खोला पुल छेउमा यूपी-५७ एटी-४४९३ नम्बरको मालवाहक ट्रक, बिर्तामोड ६ मा डब्लूबी-७३ ई-३०५७ नम्बरको ट्रक र धाई जनमा डब्लूबी-७३-ई-३०५६ ट्रकमा आगजनी भएको हो ।
आगजनीमा संलग्नको खोजी भइरहेको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ ।
आइतबार साइबर ब्युरोले भक्तपुरबाट प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरेको हो ।


































